मधेशका मुख्यमन्त्रीले विश्वासको मत पनि बिहानै लिने

मधेश प्रदेशसभा सचिवालयले विश्वासको मतका लागि बुधबार बिहान साढे ८ बजे बैठक डाकिएको जनाएको छ ।

मंसिर १६, २०८२

अजित तिवारी

Madhesh Chief Minister to take vote of confidence in the morning

जनकपुर — झिसमिसेमा बर्दिवासको होटलमा मुख्यमन्त्री नियुक्त भएका एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले विश्वासको मत बुधबार बिहान साढे ८ बजे नै लिनु पर्ने भएको छ ।

मधेश प्रदेशसभा सचिवालयले विश्वासको मतका लागि बुधबार बिहान साढे ८ बजे बैठक डाकिएको जनाएको छ । मुख्यमन्त्री यादवले मंगलबार प्रेस मिट गरेर विश्वासको मत बुधबार दिउँसो २ बजे लिने पत्र प्रदेशसभा सचिवालयलाई पठाएको जानकारी दिएका थिए । 

प्रदेससभा सचिवालयले विश्वासको मतका लागि बिहानैको समय तोकेको छ ।

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully