बारामा पानी उद्योगका म्यानेजरको हत्या

४२ वर्षीय राजकिशोर सिंहको हत्या

मंसिर १२, २०८२

लक्ष्मी साह

Water industry manager murdered in Bara

बारा — बारामा पानी उद्योगको एक म्यानेजरको बिहीबार राति धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । सर्लाही धन्कौल २ का ४२ वर्षीय रामकिशोर सिंहको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । 

सिंहको शव प्रसौनी गाउँपालिका-६ भलुही चोक भन्दा उत्तरपट्टि शुक्रबार भेटिएको हो । प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार हत्या गरिएका सिंह किरण बेभरेज पानी उद्योगका म्यानेजर थिए । 

हत्याको अनुसन्धान गर्न प्रहरीले घटनास्थल पुगेर तालिम प्राप्त कुकुर प्रयोग गरिरहेको छ । घटनास्थलमा प्रहरी उपरीक्षक कुँवर स्वयं पुगेर अनुसन्धान सुरु गरेका हुन् ।

‘हत्या गर्ने व्यक्तिको पहिचान चाँडै नै खुलेर कानुनी दायरामा आउनेछ,’ प्रहरी उपरीक्षक कुँवरले भने, ‘विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । हत्यामा संलग्नको पहिचान खुल्छ ।’   

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully