विवाह-उत्सवमा रामकलेवाको उमंग [तस्बिरहरु]

राम र सीताको प्रतीकात्मक विवाहस्थललाई साक्षी राखेर जानकी मन्दिरको परिसरमा लहरै साधु–सन्तलाई बसाएर भोजन गराइएको छ ।

मंसिर १०, २०८२

अजित तिवारी

Ramkaleva's enthusiasm at the wedding ceremony [Photos]

जनकपुर — त्रेतायुगमा राम र सीताबीच भएको विवाहको झल्को दिनेगरी जनकपुरमा मनाइएको विवाह उत्सवको अन्तिम दिन बुधबार जानकी मन्दिरमा रामकलेवा आयोजना गरिएको छ ।

Ramkaleva's enthusiasm at the wedding ceremony [Photos]

भारतको अयोध्याबाट जन्ती बनेर आएका सयौं साधु–सन्तलाई रामकलेवामा थरीथरीका व्यञ्जन पस्किएको छ । राम र सीताको प्रतीकात्मक विवाहस्थललाई साक्षी राखेर जानकी मन्दिरको परिसरमा लहरै साधु–सन्तलाई बसाएर भोजन गराइएको छ ।

Ramkaleva's enthusiasm at the wedding ceremony [Photos]

भोजनमा मिथिलाका थरीथरीका व्यञ्जन पस्किएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिए । साधु–सन्त भोजन गर्ने क्रममा महिला समूहद्वारा त्यहाँ विवाहका गीत र नृत्य प्रस्तुतसमेत गरिएको छ । रामकलेवापछि जन्ती बनेर आएका साधु–सन्तलाई उपहार दिँदै बधाई गरिनेछ ।

Ramkaleva's enthusiasm at the wedding ceremony [Photos]

मंगलबार जनकपुरमा हजारौंको सहभागितामा विवाहउत्सवको मूल समारोह आयोजना गरिएको थियो । राजा जनककी छोरी सीताको अयोध्याका दशरथका छोरा रामसँग जनकपुरमै विवाह भएको मान्यताअनुसार हरेक वर्ष यहाँ विवाहउत्सव मनाइन्छ ।

Ramkaleva's enthusiasm at the wedding ceremony [Photos]

विवाहउत्सवमा नेपाल, भारत र अन्य मुलुकका हजारौंको सहभागिता रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए । उनका अनुसार विवाहउत्सवका लागि जानकी मन्दिरलाई बेहुलीझैं सिंगारिएको छ ।

Ramkaleva's enthusiasm at the wedding ceremony [Photos]

भारतको अयोध्याबाट हिँडेको जन्ती सोमबार जनकपुर आइपुगेको थियो । जन्तीमा भारतबाट साधुसन्त र सर्वसाधारण ठूलो संख्यामा जनकपुर आइपुगेका छन् । सातासम्म चल्ने राम–सीता विवाह महोत्सवमा जनकपुर नगर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर र अन्तिम दिन विवाहउत्सव तथा रामकलेवा विधिपछि विवाहउत्सव सम्पन्न हुन्छ ।

Ramkaleva's enthusiasm at the wedding ceremony [Photos]
Ramkaleva's enthusiasm at the wedding ceremony [Photos]
Ramkaleva's enthusiasm at the wedding ceremony [Photos]
Ramkaleva's enthusiasm at the wedding ceremony [Photos]
Ramkaleva's enthusiasm at the wedding ceremony [Photos]

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully