२० वटा पोकामा २ सय १३ किलो गाँजा बरामद
पर्सा — सशस्त्र प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरीले खेतमा परालको कुन्युभित्र लुकाएको गाँजा बरामद गरेको हो ।
विन्दवासिनी गाउँपालिका-५ बटसौरामा सशस्त्र प्रहरीको टोलीले २० वटा पोकामा २ सय १३ किलो गाँजा बरामद भएको छ ।
पर्सा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले हाल उक्त गाजा बेवारिसे अवस्थामा फेला परेको बताए । गाँजा तस्कर गिरोहको खोजी भइरहेको उनले बताए ।
