राजा जनककी छोरी सीताको अयोध्याका राजा दशरथका छोरा रामसँग जनकपुरमै विवाह भएको धार्मिक मान्यताअनुसार हरेक वर्ष यहाँ विवाहोत्सव मनाइन्छ ।
काठमाडौँ — त्रेतायुगमा राम र सीताबीच विवाह भएको धार्मिक मान्यताअनुसार मंगलबार जनकपुरमा हजारौंको सहभागितामा विवाहोत्सव मनाइएको छ ।
राजा जनककी छोरी सीताको अयोध्याका राजा दशरथका छोरा रामसँग जनकपुरमै विवाह भएको धार्मिक मान्यताअनुसार हरेक वर्ष यहाँ विवाहोत्सव मनाइन्छ ।
विवाहोत्सवका लागि जानकी मन्दिरलाई बेहुलीझैं सिंगारिएको छ । विवाहोत्सवमा नेपाल, भारत र अन्य मुलुकका हजारौं सहभागी छन् । अयोध्याबाट सयौंको संख्यामा आएका जन्तीलाई जानकी मन्दिरमा स्वागत गरिएको छ । जन्तीमा भारतबाट साधुसन्त र सर्वसाधारण ठूलो संख्यामा जनकपुर आइपुगेका छन् ।
सातासम्म चल्ने राम–सीता विवाह महोत्सवमा जनकपुर नगर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर र अन्तिम दिन विवाहोत्सव तथा रामकलेवा विधिपछि विवाह सम्पन्न हुन्छ ।