सिमरा घटना : प्रशासन र जेन-जीबीच वार्ता सुरु

पथलैयाकाे सशस्त्र प्रहरी रूद्र वाहिनीमा वार्ता सुरू भएकाे छ ।

मंसिर ५, २०८२

लक्ष्मी साह

Simara incident: Talks begin between administration and Gen-G

बारा — बाराकाे सिमरामा भएकाे घटनाबारे जिल्ला सुरक्षा समिति बारा र जेन-जी समूहबीच पथलैयाकाे सशस्त्र प्रहरी रूद्र वाहिनीमा वार्ता सुरू भएकाे छ ।

सुरक्षा समितिकाे तर्फबाट सुरक्षा समितिका संयाेजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रकाे नेतृत्व र जेन-जीका तर्फबाट जिल्ला संयाेजक सम्राट उपाध्यायकाे नेतृत्वमा वार्ता सुरु भएकाे हाे । मिश्रकाे नेतृत्वमा जिल्ला प्रहरी प्रमुख एसपी, सशस्त्र प्रहरी १२ नम्बर गणका प्रमुख एसपीसहित राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक सहभागी छन् । सम्राटकाे नेतृत्वमा १८ जना जेन-जी छन् ।

वार्तामा सहभागी हुने भनिएका सुधन गुरूङ, पुरूषाेत्तम यादव र शिव यादव भने सहभागी छैनन् । बुधबार एमाले युवा संघका कार्यकर्ता र जेन-जीबीच झडप भएकाे थियाे । झडपकाे क्रममा ६ जना जेन-जी घाइते भएपछि उनीहरू दुई दिनदेखि सडक प्रदर्शनमा छन् । आफूहरुलाई कुटपिट गर्ने  युवासंघका कार्यकर्ता पक्राउ गर्नुपर्ने उनीहरुको माग छ । 

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully