मधेश प्रदेशसभाः सरकार पक्षको अनुपस्थितिमा बैठक पुन: सुरु

सभामुख रामचन्द्र मण्डल पनि बैठकमा अनुपस्थित छन्

मंसिर ३, २०८२

कमलेश ठाकुर

जनकपुरधाम — मधेश प्रदेशसभा बैठक सुरु भएको छ । बुधबार सरकार पक्षको अनुपस्थितिमा बैठक सुरु भएको हो ।

सभामुख रामचन्द्र मण्डलमाथि पद अनुसार आचरण नगरेको सात दलका ६४ प्रदेशसभा सदस्यहरूले दर्ता गराएका थिए । सोही प्रस्तावमाथि छलफल हुन बैठक सुरु गरिएको हो । सभामुख भने बैठकमा अनुपस्थित छन् । उपसभामुख बबिता राउत इसरले बैठक सुरु गरेकी हुन् ।

पहिलो पटक बैठक सुरु हुँदा उपस्थित भएकी नेकपा एमालेका एक मात्र प्रदेशसभा सदस्य सारदा देवी थापाले आपत्ति जनाएकी थिइन् । उनले नियमापत्ति जनाएपछि  उपसभामुख राउतले सरकारको प्रतिनिधिलाई उपस्थित हुन निर्देशन दिएर बैठक दस मिनेटका लागि स्थगित गरेकी थिइन् ।

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully