हत्या गरेको आरोपमा एक जना पक्राउ
महोत्तरी — जलेश्वरको आगेपुरमा धारिलो हतियार प्रहार गरी ६० वर्षीय पुरुषको हत्या गरिएको छ । जलेश्वर नगरपालिका–९ आगेपुरका ६० वर्षीया बेचन राइनलाई सोमबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।
साँझ करिब ७ बजे राइनको हत्या भएको जानकारी आएपछि हत्यामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।
राइनलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा धनुषा जनकपुरधाम उपमहानगरपालिका वेंगाशिवपुरका पप्पु भनिने अनिल मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको भट्टले बताए ।
लागुऔषध सेवन गरी अचेत अवस्थामा रहेका मण्डललाई सोमबार साँझ नै पक्राउ गरीएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
