मुख्यमन्त्री नियुक्तिको विरोधमा सात दल : ८ औं दिन पनि धर्नामा

मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवन अगाडीको सडकमा ७ दलका नेता–कार्यकर्ता धर्नामा बसेका हुन् ।

मंसिर १, २०८२

अजित तिवारी

Seven parties protest against Chief Minister's appointment: Protest continues for 8th day

What you should know

जनकपुर — मधेश प्रदेशमा एमालेको नेतृत्वमा गठन भएको सरकार संवैधानिक नरहेको भन्दै आन्दोलित ७ दल सोमबार पनि धर्नामा बसेका छन् ।

आठौं दिन धर्नामा बसेका नेता–कार्यकर्ताले सर्वोच्च अदालतमा सोमबार हुने रिटको सुनुवाईको प्रतिक्षामा छन् । 

मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवन अगाडीको सडकमा ७ दलका नेता–कार्यकर्ता धर्नामा बसेका हुन् । जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले सर्वोच्च अदालतको फैसला कुर्दै सोमबार पनि शान्तिपूर्ण धर्नामा बसेको बताए ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully