मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवन अगाडिको सडकमा राष्ट्रिय झन्डा फहराउँदै ७ दलका नेता–कार्यकर्ता धर्नामा बसेका हुन् ।
जनकपुर — मधेश प्रदेशमा एमालेको नेतृत्वमा गठन भएको सरकार संवैधानिक नरहेको र सभामुख रामचन्द्र मण्डलले दलीय अनुकूलको आचरण नगरेको भन्दै आन्दोलित ७ दल आइतबार पनि धर्नामा बसेका छन् ।
मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवन अगाडिको सडकमा राष्ट्रिय झन्डा फहराउँदै ७ दलका नेता–कार्यकर्ता धर्नामा बसेका हुन् । जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले सर्वोच्च अदालतको फैसला कुर्दै शान्तिपूर्ण धर्नामा बसेको बताए ।
‘सर्वोच्च अदालतको संयुक्त इजलासमा आइतबार सरकारविरुद्ध परेको रिटको सुनुवाइ हुँदैछ,’ यादवले भने, ‘हामी त्यो फैसला कुर्दै दिनभर धर्नामा बस्नेछौँ ।’
