करदाता सेवा कार्यालय खारेजीविरुद्ध प्रशासन कार्यालयअगाडि धर्ना

यसअघि गजेन्द्रनारायण सिंह चोकमा प्रदर्शन, चक्काजाम र बजार बन्दसमेत गरेका उद्योगी–व्यवसायीले कार्तिक २२ देखि २७ गतेसम्म सोही चोकमा धर्ना बसेर हस्ताक्षर संकलन गरेका थिए ।

कार्तिक ३०, २०८२

विद्यानन्द राम

Protest in front of the administration office against the abolition of the Taxpayer Service Office

राजविराज — करदाता सेवा कार्यालय खारेजीको निर्णयविरुद्ध आन्दोलित उद्योगी–व्यवसायीले आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरीअगाडि धर्ना दिएका छन् । करदाता सेवा कार्यालय खारेज गर्ने सरकारले निर्णय गरेपछि सप्तरी उद्योग वाणिज्य संघको नेतृत्वमा उनीहरू कार्तिक २० गतेदेखि आन्दोलित भएका हुन् ।

निर्धारित कार्यक्रमअनुसार उद्योगी–व्यवसायीले आइतबार एक घण्टा जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका हुन् । अझै सरकारले गम्भीरता नदेखाए थप सशक्त आन्दोलन गर्ने संघका महासचिव अमृत संचेतीले बताए । ‘आन्दोलनका थप कार्यक्रम छलफलपछि तय गरिने छ’, उनले भने । 

यसअघि गजेन्द्रनारायण सिंह चोकमा प्रदर्शन, चक्काजाम र बजार बन्दसमेत गरेका उद्योगी–व्यवसायीले कार्तिक २२ देखि २७ गतेसम्म सोही चोकमा धर्ना बसेर हस्ताक्षर संकलन गरेका थिए । कार्तिक २७ गते दिउँसो सो हस्ताक्षर गरिएको तुल बोकेर मौन जुलुससहित प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्रीलाई बुझाएपछि २८ गतेदेखि कारोबारस्थलमा कालो झण्डा र  कालोपट्टी बाँधेर विरोध जनाउँदै आएका छन् ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully