मधेश प्रदेशसभा : बाहिर ७ दलको प्रदर्शन, भित्र सांसदको धर्ना

प्रदेशसभा परिसरमा धर्ना रहेका सात दलका सांसदसँगै उपसभामुख बबिता राउत ईशर पनि टेबल कुर्सी ल्याएर बसेकी छिन् ।

कार्तिक २९, २०८२

अजित तिवारी

Madhesh Provincial Assembly: 7 parties demonstrate outside, MPs sit-in inside

जनकपुर — मधेश प्रदेश सरकार गठन र सभामुख रामचन्द्र मण्डलले पदीय अनुकूल आचरण नगरेको भन्दै आन्दोलित सात दलले शनिबार प्रदेशसभाबाहिर प्रदर्शन गरिरहेको छ ।

प्रदेशसभा सचिवालयभित्र भने सात दलका सांसद धर्नामा बसेर सभामुख मण्डलविरुद्ध दर्ता गराएको प्रस्तावबारे जानकारी लिन पुगेका छन् । लोसपाका सांसद उपेन्द्र महतोले सभामुख मण्डलविरुद्ध दर्ता भएको पदीय अनुकूल आचरण नगरेको प्रस्तावबारे बुझ्न प्रदेशसभा परिसरमा पुगेको बताए । 

प्रदेशसभा परिसरमा धर्नामा बसेका सात दलका सांसदसँगै उपसभामुख बबिता राउत ईशर पनि टेबल कुर्सी लगाएर बसेकी छिन् । 

जनकपुर मत्स्य पालन केन्द्रअगाडिको हटियामा भेला भएका सात दलका नेता–कार्यकर्ता भने त्यहीँबाट नाराजुलुस लगाउँदै प्रदेशसभा पुगेका हुन् । त्यहाँ बाक्लो संख्यामा तैनाथ नेपाल र सशस्त्र प्रहरीले उनीहरुलाई बाहिरै रोकेर राखेको छ ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully