श्रीमतीको हत्या आरोपमा महोत्तरीमा एक जना पक्राउ

औरही नगरपालिका–६ बैरियाकी २५ वर्षीया कविता चौधरीलाई कैंची प्रहार गरी हत्या गरेको आरोपमा पति मनोजकुमार चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

कार्तिक २९, २०८२

सन्तोष सिंह

Man arrested in Mahottari on charges of murdering wife

महोत्तरी — महोत्तरीको बैरियामा कैंची प्रहरी गरी महिलाको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।

औरही नगरपालिका–६ बैरियाकी २५ वर्षीया कविता चौधरीलाई कपडा काट्ने कैंची प्रहार गरी हत्या गरेको आरोपमा पति मनोजकुमार चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

कैंचीले चौधरीको छाती, घाँटी र पिठ्यूँ लगायत शरीरको विभिन्न भागमा काटिएको अवस्थामा उपचारको लागी तत्कालै जानकी एकेडेमी हस्पिटल पर्सामा पठाइएकोमा चौधरीको उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

अस्पतालको डाक्टरले महिलालाई मृत घोषणा गरेपछि  धारिलो हतियार प्रहार गरी घाइते बनाउने चौधरीका पति मनोजकुमारलाई इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश लामाको कामान्डमा खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

श्रीमतीको हत्या आरोपमा पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय गौशालामा राखेर थप अनुसन्धान भइरहेको छ ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully