मधेसमा सात दलले थाले शान्तिपूर्ण धर्ना

सातै दलले गएराति प्रहरी दमनको विरोधमा विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका थिए। यस क्रममा प्रदेश सभा सदस्यहरू पनि सहभागी छन्।

कार्तिक २६, २०८२

कमलेश ठाकुर

Seven political parties start peaceful sit-in in Madhesh

जनकपुर — मधेसका सात दलले बुधबार बिहानदेखि मधेश भवनको २ नम्बर गेटमा शान्तिपूर्ण धर्ना सुरु गरेका छन्। दलका नेता तथा कार्यकर्ताहरू क्रमशः आन्दोलनमा सहभागी हुँदै आएका छन्।

सातै दलले गएराति प्रहरी दमनको विरोधमा विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका थिए। यस क्रममा प्रदेश सभा सदस्यहरू पनि सहभागी छन्। आन्दोलनको सुरुवात सडक पेटीमा बसेर गरिएको थियो, तर पछि भिड बढेसँगै सडक जाम हुने गरी प्रदर्शन गरिरहेका छन्। 

नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादव आज बिहानै काठमाडौं प्रस्थान गरेका छन्। उनले प्रादेशिक अस्पतालमा आन्दोलनका घाइतेहरूलाई भेटघाट गरेका थिए। यादवले राति मधेस भवन पुगेर पदभार ग्रहण गरेका थिए। 

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully