मधेशका मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै सिरहामा प्रदर्शन 

यादवलाई संविधान र संघीयताको अपमान गरी गैरकानुनी ढंगले नियुक्त गरिएको भन्दै उनलाई सरकारले बर्खास्त गर्नुपर्ने प्रदेशसभा सदस्य चौधरीले माग गरिन् ।

कार्तिक २५, २०८२

विनय आजाद

Protest in Siraha demanding dismissal of Madhesh Chief Minister Yadav

सिरहा — मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई बर्खास्त गर्न माग गर्दै मिर्चैयामा प्रदर्शन भएको छ । जनमत पार्टीबाट प्रदेशसभा सदस्य भाग्यश्री चौधरीको नेतृत्वमा मिर्चैयामा प्रदर्शन भएको हो ।

यादवलाई संविधान र संघीयताको अपमान गरी गैरकानुनी ढंगले नियुक्त गरिएको भन्दै उनलाई सरकारले बर्खास्त गर्नुपर्ने प्रदेशसभा सदस्य चौधरीले माग गरिन् । 'प्रदेश प्रमुखले गरेको यो हर्कत संविधान र संघीयताको अपमान हो,' उनले भनिन्, 'त्यसैले उनलाई तत्काल बर्खास्त गर्नुपर्छ ।'

यादवलाई बर्खास्त नगरिए आफ्नो पार्टी कडा आन्दोलनमा जाने चेतावनीसमेत उनले दिइन् ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully