दुर्घटनापछि ट्र्याक्टर र मोटरसाइकल प्रहरी नियन्त्रणमा छ । ट्र्याक्टरका चालक फरार छन् ।
सर्लाही — सर्लाहीको काबिलासी नगरपालिका–६ मदनपुरमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
बिहीबार साँझ सलेमपुरबाट बरहथवातर्फ जाँदै गरेको ज १ त ६२०३ नम्बरको ट्याक्टर र सोही दिशातर्फ जाँदै गरेको बा ४७ प ९८९२ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका–५, मोहनपुरका ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहारको उपचारका लागि मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका छन् । मृतकको शव अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा पछाडि सवार बरहथवा नगरपालिका–७ बस्ने १९ वर्षीय राजु ठाकुर लोहार घाइते भएका छन्। उनको निधार, दाहिने हातको कुहिना र तिघ्रामा चोट लागेको छ उनको अवस्था मध्यम छ।
दुर्घटनापछि ट्र्याक्टर र मोटरसाइकल प्रहरी नियन्त्रणमा छ । ट्र्याक्टरका चालक फरार छन् ।
