बिहारमा हुन लागेको निर्वाचनका कारण शनिबार साँझ ६ बजेदेखि मंगलबारसम्म रेल सेवा बन्द हुने भएको हो ।
जनकपुरधाम — भारतको बिहार राज्यमा हुन लागेको निर्वाचनको लागि सिमा बन्द भएपछि जनकपुर–जयनगर रेल पनि बन्द हुने भएको छ । शनिबार साँझ ६ बजेदेखि मंगलबारसम्म रेल सेवा बन्द हुने भएको हो ।
बिहार राज्यमा विधानसभा निर्वाचन अन्तर्गत मंगलबार दोस्रो चरणको मतदान हुन लागेको छ ।
सीमानाका बन्द हुने भएकाले भारतको जयनगरसम्म पुग्ने रेल सेवा बन्द हुने र सीमानाका खुलेपछि पुनः सेवा सुचारु हुने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमानाकासमेत बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले भोलि सााझ ६ बजेदेखि मंगलबार सााझ ६ बजेसम्म नेपाल–भारत सीमानाकामा मानवीय/आकस्मिक सेवा बाहेकका आवागमन पूर्ण रुपले बन्द रहने सूचना जारी गरेका हुन् । मधेशको सीमासंग जोडिएको सबै सीमा बन्द रहने छन् ।
