प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन कमलाको उत्तरवाहिनी, सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका विभिन्न घाटमा भारतसहित नेपालका विभिन्न जिल्लाका श्रद्धालुहरू आएर स्नान गर्छन् ।
सिरहा — कात्तिक पूर्णिमाका अवसरमा बुधबार सिरहा र धनुषाको सीमामा बग्ने कमला नदीमा हजारौं श्रद्धालुले स्नान गरेका छन् । कमलाका विभिन्न घाटमा बुधबार एकै दिनमा हजारौं श्रद्धालुले स्नान गरेका हुन् ।
प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन कमलाको उत्तरवाहिनी, सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका विभिन्न घाटमा भारतसहित नेपालका विभिन्न जिल्लाका श्रद्धालुहरू आएर स्नान गर्छन् ।
कमला स्नान गर्न टाढाका अधिकांश श्रद्धालुहरू हिजै साँझदेखि नदी तटमा आएर बास बसेका थिए । कमलामा यसरी कात्तिक पूर्णिमामा स्नान गर्दा आत्मशुद्धी हुने जनविश्वास छ ।
कमलामा स्नान गरेपछि घर फर्किने बेलामा मानिसहरूले नदीको पानी पनि घर लैजाने गर्छन् । यो पानीलाई जमिनमा छर्केर पूजा गरिन्छ ।
आजका दिन कमलामा धामी-झाँक्रीहरुले भूत र कुल देवताको पूजा गर्ने परम्परा पनि छ । त्यसैले यसलाई भूत मेला पनि भनिन्छ ।