बसले विपरीत दिशाबाट गइरहेको अटोलाई शनिबार ठक्कर दिँदा अटोमा सवार ६ जना घाइते भएका छन् ।
काठमाडौँ — धनुषामा बसले अटोलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् । तीमध्ये ५ को अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ ।
धनुषाको वीरेन्द्र बजारस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको सु. प्र.०-०१-०१ ह १३३० नम्बरको बसले विपरीत दिशाबाट गइरहेको अटोलाई शनिबार ठक्कर दिँदा अटोमा सवार ६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको उपचार जनकपुरस्थित न्युरो अस्पतालमा भइरहेको छ भने दुई जनाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
मृत्युबारे प्रहरीले पुष्टि गरेको छैन । तर स्थानीयले भने दुर्घटनामा तीनजनाको मृत्यु भएको बताएका छन् ।
