रौतहटमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । दुवै घटना अनुसन्धानका लागि घटनास्थलमा प्रहरी टोली खटिएको छ ।
रौतहट — रौतहटमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । ईशनाथ नगरपालिका-८ मन्सरी टोलस्थित कुडिया खोलामा डुबेर आइतबार ८ वर्षीय बालक अनिश बैठाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
खोलामा डुबेर बेहोस भएका अनिशलाई प्रादेशिक अस्पताल गौर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनायो ।
प्रहरीका अनुसार बौधिमाई नगरपालिका-८ इनरवा पुलस्थित लाल बकैया खोलामा नुहाउने क्रममा डुबेर १२ वर्षीया बालिका शकुन्तलाकुमारी साहको मृत्यु भएको छ । दुवै घटना अनुसन्धानका लागि घटनास्थलमा प्रहरी टोली खटिएको छ ।
