आज ‘खरना’

छठ घाटमा ब्रतालुहरुले अस्ताउँदै गरेको सूर्यलाई बाँसको सुपुलीमा नरिवल लगायत विभिन्न पुजा सामग्रीहरुको अघ्र्य दिने गर्छन् । त्यसपछि उनीहरु घण्टौं घाटमा बसेर पूजा अर्चनामा लिन हुन्छन् । केही ब्रतालु राति घर फर्केर आगनमा कोशी भर्ने विधि गर्छन् ।

कार्तिक ९, २०८२

शंकर आचार्य

Today's 'Kharna'

What you should know

पर्सा — शनिबार ‘नहायखाय’ विधिबाट छठ पर्वको धार्मिक तथा पारम्परिक विधि सुरु गरेका ब्रतालुहरुले आइतबार ‘खरना’ विधि गर्दै छन् । ‘रस्याउ रोटी’ समेत भनिने यो विधिमा ब्रतालुहरुले आइतबार साँझ घरघरमा छठी माताको पूजा गरेर दूध र गुड हालेर पकाइएको खिर (रस्याउ) र पुरी खान्छन् । 

ब्रतालुले पकाउने रस्याउ रोटीलाई प्रसादको रुपमा परिवारका अन्य सदस्य तथा इष्टमित्रहरुलाई पनि खान दिने चलन छ । कतिपय ब्रतालुले छरछिमेकलाई रस्याउ रोटी खानका लागि अग्रिम निम्तोसमेत दिन्छन् । 

स्वेच्छाले कोही ब्रतालुको घरमा छठी माताको पूजा गर्न आए उनीहरुलाई पनि श्रद्धापूर्वक रस्याउ रोटी खुवाएर पठाउने चलन छ । रस्याउ रोटी खाने ब्रतालु तथा अन्यलेसमेत दिन भरी माछामासु, लसुन प्याज जस्ता तामसिक भोजन नगरी शुद्ध शाकाहारी बस्छन् ।

ब्रतालुहरुले आइतबार साँझ रस्याउ रोटी खाएपछि सोमबार दिन भरी निर्जल निराहार ब्रत लिएर साँझ अस्ताउँदै गरेको सूर्य र मंगलबार बिहान उदाउँदो सूर्यको उपासनापछि प्रसाद खाएर मात्र ब्रत तोड्ने गर्छन् । सोमबार साँझ ब्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्यहरु घर नजिकको पोखरी, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक छठी घाटमा पुग्नेछन् ।

Today's 'Kharna'

नयाँनयाँ वस्त्र परिधान लगाएका ब्रतालुका परिवारका सदस्यले ब्रतालुको पूजा सामग्रीहरु राखिएको बासको छैंठी टाउकोमा बोकेर घाटसम्म लग्ने चलन छ । विशेष गरी परिवारका पुरुष सदस्यले यो जिम्मेवारी पूरा गर्दछन् ।

छठ घाटमा ब्रतालुहरुले अस्ताउँदै गरेको सूर्यलाई बाँसको सुपुलीमा नरिवल लगायत विभिन्न पुजा सामग्रीहरुको अघ्र्य दिने गर्छन् । त्यसपछि उनीहरु घण्टौं घाटमा बसेर पूजा अर्चनामा लिन हुन्छन् । केही ब्रतालु राति घर फर्केर आगनमा कोशी भर्ने विधि गर्छन् ।

Today's 'Kharna'

हरपतगन्जका दामोदर प्रसाद यादव यो पर्वमा ब्रतालुलाई पूजा अर्चना गर्न पुरोहितको आवश्यकता नपर्ने बताउँछन् । छठ मात्र एउटा यस्तो पर्व हो जसमा ब्रतालुलाई पुरोहित आवश्यक पर्दैन । ब्रतालु आफैंले पूजा गर्छन् । छठी माताको प्रतिकात्मक स्वरुप अर्थात् माटोका ढिस्को र माटोको हात्तीलाई पूजा गर्ने यो ब्रतले ब्रतालुहरुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।

Today's 'Kharna'

यसरी कोशी भर्दा परिवारका सदस्य,आफन्त, छरछिमेकका पनि त्यहाँ पूजामा सहभागी हुन्छन् । घाटमै बसेका ब्रतालुहरु भने रातभरी त्यहिँ भजनकीर्तन गर्छन् ।

ब्रतालुको घर–घरमा आइतबार साँझ तथा सोमबार बिहानसमेत यो पर्वमा चढाइने विशेष किसिमको पिठोको ठेकुवा पकाउँछन् । यस काममा ब्रतालुलाई परिवारका महिला सदस्यहरुले सघाउँछन् । यसरी प्रसाद पकाउँदा अत्यन्त चोखोनितो गरी शुद्धता तथा पवित्रताको ध्यान राखिन्छ । छठ पर्वका लागि वीरगन्जका घडिअर्वा, रानिघाट, नगवा, मूर्ली लगायतका घाटहरु सिंगारेर बेहुली झैं सिंगारिएका छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully