गाँजासहित वृद्ध पक्राउ

वीरगन्ज महानगरपालिका-१७ अलौ पोष्ट नजिक प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले जाँच गर्ने क्रममा नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेको वीरगन्ज-२६ अठराहा बस्ने ७४ वर्षीय ईस्लाम अन्सारीलाई गाँजासहित बिहान पक्राउ गरेको हो ।

कार्तिक ६, २०८२

शंकर आचार्य

Elderly man arrested with marijuana

पर्सा — सशस्त्र प्रहरीले वीरगन्जबाट बिहीबार एक वृद्धलाई लागुऔषध गाँजासहित पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका-१७ अलौ पोष्ट नजिक प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले जाँच गर्ने क्रममा नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेको वीरगन्ज-२६ अठराहा बस्ने ७४ वर्षीय ईस्लाम अन्सारीलाई गाँजासहित बिहान पक्राउ गरेको हो । उनले बोकेको झोलाबाट एक किलो ९ सय ८५ ग्राम गाँजा फेला परेको थियो । 

अन्सारीलाई नेपाल प्रहरीको वडा प्रहरी कार्यालय श्रीपूर बुझाएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डीएसपी विश्वराज योञ्जनले जानकारी दिएका छन् ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully