उनीहरूको शरीरको विभिन्न भागमा निलडाम र काटिएको देखिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले बताए ।
सिरहा — सिरहाको मिर्चैया नगरपालिका-३ स्थित छड्की टोलमा दुई पक्षबीच भएको विवादका क्रममा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते भएका छन् ।
आइतबार साँझ पौने ८ बजेको समयमा भएको विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार, स्थानीय ६० वर्षीय शिवनन्दन यादव, उनकी श्रीमती ५७ वर्षीया दुर्गी देवी यादव, ४२ वर्षीय छोरा जमाहिर यादव र ३७ वर्षीया बुहारी रिता यादव घाइते छन् । जसमध्ये गम्भीर घाइते भएकी रिताको उपचारका लागि जनकपुर पठाइएको छ भने अन्यको मिर्चैयामै उपचार भइरहेको छ ।
उनीहरूको शरीरको विभिन्न भागमा निलडाम र काटिएको देखिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले बताए ।
घाइते भएर मिर्चैयास्थित एक निजी क्लिनिकमा उपचार गराइरहेका शिवनन्दनका अनुसार, उनीहरू घरमै बसिरहेको अवस्थामा आएको १५-२० जनाको समूहले आक्रमण गरेको थियो । उनीहरूले आफूहरूमाथि खुकुरी, रड, भाटालगायत प्रहार गरेको उनले बताए ।
प्रहरीले घटनामा संलग्नताको आरोपमा मिर्चैया-३ का पूर्ववडाध्यक्ष हरिकुशियैत यादव, किशोर धुर्झार यादव, अशोक यादव, जगदीश धुर्झार यादव गरी चार जनालाई नियन्त्रणमा लिएको छ । उनीहरू छिमेकी गाउँ सिसबोनीका हुन् ।
प्रहरीका अनुसार, यो विवाद हुनुभन्दा केही घण्टाअघि दुई पक्षका किशोरबीच विवाद परेको थियो ।
