उनले जनमतका अध्यक्ष सिके राउतले पार्टीमा हैकमवादी लादेकाले धेरै नेता कार्यकर्ता असन्तुष्ट रहेको बताए ।
जनकपुर — मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतीश कुमार सिंहले जनमत पार्टीमा आन्तरिक लोकतन्त्र नरहेको बताएका छन् । उनले जनमतका अध्यक्ष सिके राउतले पार्टीमा हैकमवादी लादेकाले धेरै नेता कार्यकर्ता असन्तुष्ट रहेको बताए ।
मुख्यमन्त्री पदबाट राजीनामा गरेको र मधेशमा अर्को मुख्यमन्त्री नियुक्त भइसकेपछि बिहीबार जनकपुरस्थित सरकारी निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सिंहले सरकार सञ्चालनमा पनि राउतले पटक पटक अप्ठयारोमा पार्ने काम गरेको गुनासो गरे । उनले आफ्नो नेतृत्वमा रहेको सरकार सफल भएको समेत बताए।
