सत्तापक्षको ड्यासमा मुख्यमन्त्री एक्लै

मुख्यमन्त्री सिंहले आजै संविधानको धारा १८८ को उपधारा (२) बमोजिम र प्रदेशसभा कार्य सञ्चालन नियामवली, २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम व्यक्तव्यसहित विश्वासको मतको प्रस्ताव पेस गर्न लागेका हुन्।

आश्विन २८, २०८२

कमलेश ठाकुर

The Chief Minister alone in the ruling party's dash

जनकपुरधाम — मधेश प्रदेशसभा सुरु भएको छ । मंगलबार छैटौं अधिवेशनको पाँचौं बैठकमा सुरु भएको हो । बैठकमा सत्तापक्षमा मुख्यमन्त्री सतिशकुमार सिंह एक्लै बसेका छन् ।

मुख्यमन्त्री सिंहले आजै संविधानको धारा १८८ को उपधारा (२) बमोजिम र प्रदेशसभा कार्य सञ्चालन नियामवली, २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम व्यक्तव्यसहित विश्वासको मतको प्रस्ताव पेस गर्न लागेका हुन्।

गएको भदौ २८ मा उनको आफ्नै पार्टीले सरकारबाट समर्थन फिर्ता लिएर उनलाई पदबाट फिर्ता बोलाएको थियो । तर, मुख्यमन्त्री सिंहले भने राजीनामा नदिई विश्वासको मत सामना गर्ने अडानमा छन् । तथापि सरकारलाई समर्थन गरेका सबै दलले समर्थन फिर्ता लिइसकेका छन् ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully