घाइते अवस्थामा उद्धार गरिएका उनीहरुलाई उपचारका लागि कलैया ल्याउँदै गर्दा मृत्यु भएको हो ।
बारा — सिम्रौनगढ नगरपालिका–६ मा रहेको ऐतिहासिक इशरा पोखरीको डिलमा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर दुई जनाको मृत्यु भएको छ ।
उक्त घटनामा ६ जना बालबालिका घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितकाअनुसार सिम्रौनगढ नगरपालिका– ६ सानोऊ इटवाल टोलीकी ७० वर्षीया शारदादेवी महतो र वडा ५ सानो इटवाल टोलकै १५ वर्षीय सुनिल महतोको मृत्यु भएको हो ।
घाइते अवस्थामा उद्धार गरिएका उनीहरुलाई उपचारका लागि कलैया ल्याउँदै गर्दा मृत्यु भएको हो । अरु घाइतेहरुको सिम्रौनगढ र कलैयाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
ढिस्कोले पुरिएका तिनीहरूलाई स्थानीय, प्रहरी र सशस्त्र उद्धार गरेका थिए । दीपाली र छठ पर्वको लागि तराईका विभिन्न कच्ची घरलाई लिपपोत र सिंगार्नका लागि जनताततै सार्वजनिक र निजी जमिनमा माटो खन्ने क्रम बढेको छ ।
