मधेशका मुख्यमन्त्रीले असोज २८ गते विश्वासको मत लिने

अगामी मंगलबार विश्वासको मत लिने भएकाले सोहीअनुसार व्यवस्था मिलाइदिन मुख्यमन्त्री सिंहले शुक्रबार मधेस प्रदेशसभा सचिवालयलाई पत्र पठाएका छन् ।

आश्विन २४, २०८२

कमलेश ठाकुर

The Chief Minister of Madhesh will take the vote of confidence on October 28

What you should know

जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिने भएका छन् । यही असोज २८ गते विश्वासको मत लिने मधेश प्रदेश सभामा पत्र पठाएको हो ।

अगामी मंगलबार विश्वासको मत लिने भएकाले सोहीअनुसार व्यवस्था मिलाइदिन मुख्यमन्त्री सिंहले शुक्रबार मधेस प्रदेशसभा सचिवालयलाई पत्र पठाएका छन् । तीन सातादेखि मुख्यमन्त्री सिंह अल्पमतको सरकार चलाउँदै आएका थिए । अहिले मुख्यमन्त्री सिंह र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट शिक्षा तथा संस्कृतिमन्त्री बनेकी रानी शर्मा तिवारी मात्रै मन्त्रिपरिषद्‌मा छन् । त्यसबाहेक नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउँदै सरकारबाट सर्मथन फिर्ता लिइसकेका छन् ।

मधेश प्रदेशसभामा १०७ प्रदेश सभा सदस्य छन् । हाल १०५ जना सांसद छन् । लोसपाका अभिराम शर्मा र नेकपा एमालेका दीपेन्द्र ठाकुर निलम्बित छन् ।

मधेस प्रदेशमा नेकपा एमालेका २५ (एक निलम्बित), नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी, नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका ९ (एक निलम्बित), नेकपा एकीकृत समाजवादी पार्टीका ७ तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका १/१ जना प्रदेशसभा सदस्य छन् ।

अहिले नेपाली कांग्रेसको नेतृत्वमा नेकपा एमाले र जनमत पार्टी सरकार बनाउने तयारी गरेका छन् । नयाँ सरकार गठनको लागि ५४ मत आवश्यक पर्छ । तर, यी दलहरुले ५८ सांसदको समर्थन रहेको दाबी गर्दै आएका छन् । यी बाहेक दलहरु सरकारमा जाने/नजाने तय गरिसकेका छैनन् ।

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully