प्रहरीलाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

गोडैता नगरपालिका–७ का वडाध्यक्ष विनेशकुमार दासलाई प्रहरी कुटपिट तथा प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

आश्विन २२, २०८२

ओमप्रकाश ठाकुर

Ward president arrested for assaulting the police

सर्लाही — सर्लाहीको गोडैतास्थित प्रहरी चौकीमा आक्रमण तथा प्रहरीलाई कुटपिट गरेको आरोपमा एक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।गोडैता नगरपालिका–७ का वडाध्यक्ष विनेशकुमार दासलाई प्रहरी कुटपिट तथा प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा स्थानीय कारी यादवलाई रामनगर गाउँपालिका–५,  अनिल राय यादवलगायतले कुटपिट गरेको विषयमा असोज-१७ गते प्रहरी चौकीमा पंचायती (छलफल) चलिरहेको बेला प्रहरी तथा चैकीमा आक्रमण भएको थियो । 

वडाध्यक्ष दासको नेतृत्वमा प्रहरी चौकी गोडैतामा ढुंगामुढा हुँदा सइ अवधेशप्रसाद यादवको दुई दाँत भाँचिएको र पाँच प्रहरी घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई कुटपिट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रो मुद्दामा मलंगवामा राखी अदालतबाट म्याद थप गर्ने तयारी गरेको छ।

वडाध्यक्षको गिरफ्तारीको विरोधमा गोडैता बजार बन्द गरिएको छ भने मेयर देवेन्द्रकुमार यादवले राजनीतिक पूर्वाग्रहका कारण दासलाई पक्राउ गरिएको दाबी गरेका छन्।

ओमप्रकाश ठाकुर

Link copied successfully