मृतक महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ ।
सर्लाही — सर्लाहीको पर्सा गाउँपालिका–१, स्थित हर्दी खोला किनारमा एक महिलाको शव फेला परेको छ । खोलामा बाढी घटेको समयमा सोमबार बिहान किनारमा नाम, थर, वतन खुल्न नसकेको महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार अन्दाजी ३०/३५ वर्षीया महिलाको शवको सनाखतका लागि पहल भइरहेको छ ।
मृतक महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ । महिलाको खोलाले बगाएर मृत्यु भएको आशंका गरिए पनि पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
