जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितकाअनुसार प्रसौनी–२ प्रसौनी गाउँका २१ वर्षीय विक्की गोसाईं बेपत्ता भएका हुन् ।
बारा — बाराको प्रसौनी गाउँपालिका–२ प्रसौनी बजार छेउको दुधौरा खोलामा बाढी आएको बेला टिकटक बनाउन खोज्दा आइतबार एक युवक बाढीसँगै बेपत्ता भएका छन् ।
एक जना अर्का युवक पौडेर निस्केका छन् । बेपत्ताको सुरक्षाकर्मी र स्थानीय खोजतलास गर्दै छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितकाअनुसार प्रसौनी–२ प्रसौनी गाउँका २१ वर्षीय विक्की गोसाईं बेपत्ता भएका हुन् ।
उनीसँगै बाढीमा बेपत्ता अर्का युवक सोही ठाउँका २२ वर्षीय अनुराग केशरवाल पौडी खेलेर निस्केका छन् ।
खोलामा बाढी आएको दृश्यसँगै कलैया-वीरगन्ज सडकमा पर्ने उक्त खोलाको पुलबाट हाम फाल्दा घटना भएको प्रहरी नायब उपरीक्षक पण्डितले बताए ।