सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र प्रकाश मल्लको कमान्डमा खटिएको ११ जनाको उद्धार टोलीले उनलाई उद्धार गरी वीरगन्ज हेल्थ केयर अस्पतालमा सुरक्षित साथ पुर्याएको थियो ।
पर्सा — सशस्त्र प्रहरीले आइतबार एक गर्भवती महिलालाई उद्धार गरी अस्पताल पुर्याएको छ ।
साँझ ६ बजेको समयमा वीरगन्ज महाननगरपालिका -११ श्रीपुरस्थित दिनेश चौरसियाको घरमा डेरा गरी बसेका पर्सा सखुवाप्रसौनी गाउँपालिका-३ स्थायी घर भएका मनोहर चौधरीकी गर्भवती पत्नी ३१ वर्षिया ऋचा चौधरीलाई सुत्केरी व्यथा लागेको थियो ।
सशस्त्र प्रहरी १३ नं गण हेडक्वार्टर पर्साबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र प्रकाश मल्लको कमान्डमा खटिएको ११ जनाको उद्धार टोलीले उनलाई उद्धार गरी वीरगन्ज हेल्थ केयर अस्पतालमा सुरक्षित साथ पुर्याएको थियो ।
