सिरहाका नदीहरूमा बहाव सामान्य, सतर्क रहन प्रशासनको आग्रह

प्रशासनले बाढी तथा डुबानको जोखिम रहने क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।

आश्विन १८, २०८२

विनय आजाद

Flow in Siraha's rivers is normal, administration urges caution

सिरहा — सिरहा प्रशासनले नदी तथा खोला आसपासका बस्तीका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । प्रशासनले बाढी तथा डुबानको जोखिम रहने क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार जिल्ला भएर बग्ने कमला, गागन, बलान, सरे, खुट्टी, गागनलगायतका नदी तथा खोलामा बाढी आए पनि पानीको बहाव भने अहिलेसम्म सामान्य छ । तर, अविरल वर्षा भइरहेका कारण बहाव बढ्न सक्ने भन्दै सतर्क रहन उनले आग्रह गरेका हुन् ।

जिल्लाका सबै जोखिमपूर्ण क्षेत्रमा आफूहरूले निरन्तर निगरानी गरिरहेको र सम्भावित विपद‍्बाट क्षति हुन नदिन अलर्ट भएर बसेको उनले जानकारी दिए । 'जिल्लाभर हामीले निगरानी गरिरहेका छौं, आसपासका जिल्लासँग पनि सम्पर्कमा छौं,' उनले भने, 'यो घडीमा सबैको सहयोग र सतर्कता जरुरी छ ।'

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully