अति वर्षा भइरहेको समयमा आफ्नो सवारीसाधनलाई सुरक्षित स्थानमा पार्किङ गर्ने र यात्रा सुरक्षित हुने सुनिश्चितताका आधारमा मात्रै अघि बढ्न सूचना जारी गर्दै आग्रह गरिएको छ ।
सिरहा — सिरहा प्रशासनले जिल्ला बाहिरको यात्रा गर्नपरे सडक तथा राजमार्गको अवस्थाबारे पूर्ण जानकारी लिएर मात्रै जान आग्रह गरेको छ ।
आगामी असोज २० गतेसम्म मनसुनजन्य विपदका घटना हुन सक्ने भन्दै सिरहा प्रशासनले यस्तो आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले शुक्रबार एक सूचना जारी गर्दै रात्रिकालीन रूपमा सञ्चालन हुने सवारीसाधनलाई यात्रुको सुरक्षाका लागि उपयुक्त स्थानमा अग्रिम रूपमा विश्रामको व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।
यसैगरी, अति वर्षा भइरहेको समयमा आफ्नो सवारीसाधनलाई सुरक्षित स्थानमा पार्किङ गर्ने र यात्रा सुरक्षित हुने सुनिश्चितताका आधारमा मात्रै अघि बढ्न सूचना जारी गर्दै आग्रह गरिएको छ ।
