पर्साको जयमंगलापुरमा युवक मृत फेला     

मृतक २७ वर्षीय रमेश साह कानु कल्भर्टमुनि पानीमा भारतीय नम्बर प्लेट वीर आर २२ ए एल १२७३ को मोटरसाइकल सहित मृत भेटिएका थिए।

आश्विन १७, २०८२

शंकर आचार्य

A young man was found dead in Jaimangalapur of Parsa

पर्सा — पर्साको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरस्थित झलमहिया र भिस्वा जोड्ने सडकको कल्भर्टमुनि शुक्रबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् ।

मृतक सोही वडा जयमंगलापुरका २७ वर्षीय रमेश साह कानु हुन्। । कल्भर्टमुनि पानीमा भारतीय नम्बर प्लेट वीर आर २२ ए एल १२७३ को  मोटरसाइकल सहित रमेश मृत भेटिएका थिए। 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले अनुसार घटनास्थल र मृतकको शारीरिक अवस्था हेर्दा साहको मृत्यु दुर्घटनाबाट भएको जस्तो देखिएको छ । थप अनुसन्धान भइरहेको उनले बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully