घटनामा संलग्न रहेको आशंकामा प्रशरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।
पर्सा — वीरगन्जमा मंगलबार राति भएको ग्याङ फाइटमा एक युवकको मृत्यु भएको छ । राति करिब १२ बजे गीता मन्दिर क्षेत्रमा लागेको दसैं मेलामा उक्त घटना भएको हो ।
मृत्यु हुनेमा करिब २५ वर्षीय युवक हुन् । उनको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले युवकको नाम गोल्डेन भनी खुलेको तर उनको वास्तविक नाम, वतन, पहिचान नखुलेको बताए । घटनामा संलग्न रहेको आशंकामा ६ जनालाई नियन्त्रणमा लिइएको छ ।
