सूर्य नेपालद्वारा वीरगन्ज महानगरलाई ल्यापटपसहितका उपकरण सहयोग

सूर्य नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत दुई थान कम्प्युटर सेटसहित दुई थान ल्यापटप र दुई थान प्रिन्टर दिएको हो।

आश्विन ११, २०८२

कान्तिपुर संवाददाता

Equipment support including laptops to Birganj metropolis by Surya Nepal

पर्सा — वीरगन्ज महानगरपालिकालाई कार्यालय पुनः सञ्चालनमा ल्याउन सहजता लागि  सूर्य नेपालले कम्प्युटर, ल्यापटप र प्रिन्टरसहितका विद्युतीय सामग्री सहयोग गरेको छ।

भदौ २४ को जेनजी प्रदर्शनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण वीरगन्ज महानगरपालिकाको भवनसहित सम्पूर्ण भौतिक सामग्री जलेर नष्ट भएको थियो। सो घटनापछि महानगरपालिकाको दैनिक प्रशासनिक कामकाज प्रभावित छ। सूर्य नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत दुई थान कम्प्युटर सेट (यूपीएससहित) दुई थान ल्यापटप र दुई थान प्रिन्टर शनिबार हस्तान्तरण गरेको हो।

महानगर प्रमुख राजेशमान सिंहले असहज अवस्थामा रहेको कार्यालयलाई पुनःसञ्चालन गर्न सूर्य नेपालले पुर्‍याएको सहयोग अत्यन्तै महत्त्वपूर्ण रहेको बताए। 

सो अवसरमा सूर्य नेपालका प्रभाकरविक्रम शाहले समस्याको घडीमा सहयोग गर्न आफूहरू जहिले पनि तत्पर रहने बताए।

सूर्य नेपालका उद्योग प्रमुख सुरेशकाजी श्रेष्ठले सूर्य नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत वीरगन्ज महानगरलाई सहयोग गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।

कान्तिपुर संवाददाता

Link copied successfully