प्रसिद्ध छिन्नमस्ता शक्तिपीठमा चहलपहल

नवरात्रको पञ्चमीदेखि विशेष पूजापाठ हुने यहाँ यस वर्ष नवरात्रको सुरुदेखि नै श्रद्धालुको चहलपहल बढेको पीठाधिस महाकान्त ठाकुरले बताए ।

आश्विन ९, २०८२

विद्यानन्द राम

Bustling at the famous Chinnamasta Shaktipeeth

राजविराज — सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडास्थित छिन्नमस्ता भगवती शक्तिपीठमा श्रद्धालुको चहलपहल बढेको छ । शक्तिपीठमा भाकल गरे सन्तान प्राप्तिका साथै मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहिआएको छ ।

भाकल गर्ने र भाकल पूरा भएपछि नवरात्रमा हुने विशेष पूजापाठ र दर्शन गर्न श्रद्धालुहरु आउने गर्छ ।

नवरात्रको पञ्चमीदेखि विशेष पूजापाठ हुने यहाँ यस वर्ष नवरात्रको सुरुदेखि नै श्रद्धालुको चहलपहल बढेको पीठाधिस महाकान्त ठाकुरले बताए । ‘गत वर्ष करिब १० लाख श्रद्धालुले पूजापाठ तथा दर्शन गरेको शक्तिपीठमा यस वर्ष त्योभन्दा बढी श्रद्धालुले विशेष पूजापाठ र दर्शन गर्ने अनुमान छ,’ उनले भने, ‘नवरात्रमा यहाँ देशभरिकासाथै भारतको दिल्लीसम्मका श्रद्धालु पूजापाठ र दर्शनका लागि आउनुहुन्छ ।’

शक्तिपीठमा श्रद्धालुको सुविधालाई मध्यनजर गर्दै निःशूल्क खाना, धर्मशाला, खानेपानी, पार्किङ, सीसीटीभीलगायतका व्यवस्थापन गरिएको छ ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully