सर्लाहीको ईश्वरपुरमा लघुवित्त कर्मचारीमाथि लुटपाट

ईश्वरपुर–६, बयलबास निवासी, महतो गाउँको महिलाहरुको समूहबाट संस्थाको रकम संकलन गरी बा ४७ प ४५२७ नम्बरको स्कुटरमा शाखा फर्किने क्रममा घटना भएको हो । प्रारम्भिक जानकारीअनुसार नगद करिब दुई लाख ४९ हजार ७४० रुपैयाँ लुटिएको खुलेको छ ।

आश्विन ८, २०८२

ओमप्रकाश ठाकुर

Robbery of microfinance employees in Ishwarpur of Sarlahi

सर्लाही — सर्लाहीको ईश्वरपुर नगरपालिका–७ भगवानपुरमा बुधबार दिउँसो एक लघुवित्त संस्था कर्मचारीमाथि लुटपाट भएको छ । 

सुर्योदय वोमी लघुवित्त संस्था लि. बयलबास शाखामा कार्यरत कर्मचारी रिन्टुकुमारी महतोको साथबाट रकम लुटिएको प्रहरीले जनाएको छ । ईश्वरपुर–६, बयलबास निवासी, महतो गाउँको महिलाहरुको समूहबाट संस्थाको रकम संकलन गरी बा ४७ प ४५२७ नम्बरको स्कुटरमा शाखा फर्किने क्रममा घटना भएको हो । प्रारम्भिक जानकारीअनुसार नगद करिब दुई लाख ४९ हजार ७४० रुपैयाँ लुटिएको खुलेको छ । 

महतोसँगको नगद नम्बर नखुलेको मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिहरूले लुटेर फरार भएका प्रहरीले जनाएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय केशरगन्जका प्रमुख प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ओमप्रकाश

Link copied successfully