मदिरा सेवन गरी स्वास्थ्य निर्देशक न्यौपाने सार्वजनिक कार्यक्रममा

बुधबार बर्दिबासमा गैरसरकारी संस्थाले आयोजना गरेको स्वास्थ्यसम्बन्धी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सहभागी भएका स्वास्थ्य निर्देशक न्यौपाने मदिरा सेवन गरी मातिएको अवस्थामा मञ्चमा बसेका जनप्रतिनिधिलाई समेत हुलहुज्जत गरेका छन् ।

आश्विन ८, २०८२

सन्तोष सिंह

Health Director Neupane at a public event after consuming alcohol

महोत्तरी — स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक सरोजचन्द्र न्यौपाने अत्यधिक मदिरा सेवन गरी सार्वजनिक कार्यक्रम सम्बोधन गरेका छन् ।

बुधबार बर्दिबासमा गैरसरकारी संस्थाले आयोजना गरेको स्वास्थ्यसम्बन्धी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सहभागी भएका स्वास्थ्य निर्देशक न्यौपाने मदिरा सेवन गरी मातिएको अवस्थामा मञ्चमा बसेका जनप्रतिनिधिलाई समेत हुलहुज्जत गरेका छन् ।  

बुधबार बिहान जलेश्वरमा स्वास्थ्य निर्देशनालयले आयोजना गरेको कार्यक्रममा सहभागी भएर कर्मचारीहरुसँग मदिरा खाएर मातिएपछि बर्दिबासको कार्यक्रममा सहभागी हुन आइपुगेका थिए । मदिराले मातेका न्यौपाने मञ्चमा सामग्री बुझ्न आउने स्वास्थ्यकर्मीलाई अशोभनीय व्यवहार, मञ्चमा सँगै उभिएका एकडारा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डललाई 'यो मेयर हो' भन्दै अपमान गरेका थिए । न्यौपानेको व्यवहार ठीक नभएको भन्दै उनलाई मञ्चबाट तल बोलाइएको थियो ।

सम्बोधनको क्रममा न्यौपानेले जथाभावी बोल्दा सहभागी रुष्ट बनेका थिए । मदिरा सेवन गरी सार्वजनिक कार्यक्रममा सहभागी भएको विषयमा प्रश्न गर्दा न्यौपानेले व्यक्तिगत तनावको कारण मदिरा खाएको स्वीकारे ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully