डुमरीमा वडाध्यक्षले खनेको खाल्डोमा पटक–पटक दुर्घटना, स्थानीय आन्दोलित 

खाल्डोमा खसेर आइतबार बिहान मात्रै स्थानीय शिवा पासवानकी ६ वर्षीया छोरी राधिका पासवान घाइते भएकी थिइन् ।

आश्विन ५, २०८२

विनय आजाद

Repeated accidents in the pit dug by the Ward President in Dumri, local agitation

सिरहा — सिरहाको कल्याणपुर नगरपालिका-९ डुमरीमा अलपत्र छाडिएका खाल्डामा पटक–पटक दुर्घटना भएपछि स्थानीय आन्दोलित बनेका छन् । स्थानीयले आइतबार बिहानैदेखि सडज अवरुद्ध पारेर प्रदर्शन गरिरहेका हुन् ।

स्थानीयका अनुसार, डुमरीमा गत आर्थिक वर्षमा वडाध्यक्ष विनोदकुमार यादवले नाला निर्माणका लागि भन्दै सडक छेउमा खाल्डो खनेका थिए । तर, नालाको कामै नगरी खाल्डो त्यसै अलपत्र छाडिएको स्थानीय विनोद यादवले बताए ।

नालाका लागि खनिएको उक्त खाल्डोमा पटक–पटक दुर्घटना हुँदै आएका छन् । खाल्डोमा खसेर आइतबार बिहान मात्रै स्थानीय शिवा पासवानकी ६ वर्षीया छोरी राधिका पासवान घाइते भएकी थिइन् ।

टाउकोमा गम्भीर चोट लागेको उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तर, वडाध्यक्षलाई यस विषयमा पटक–पटक जानकारी गराउँदा पनि बेवास्ता गर्दै स्थानीयको आरोप छ । यस विषयमा वडाध्यक्ष यादवसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully