मधेश प्रदेशसभाको बैठक मंगलबार

आगजनी गरिएको प्रदेशसभाको बैठककक्ष मर्मतसम्भार गरेर त्यहीँ बैठक चलाउने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आश्विन ४, २०८२

अजित तिवारी

Madhesh Pradesh Assembly meeting on Tuesday

जनकपुर — मधेश प्रदेशसभाको बैठक मंगलबार डाकिएको छ । 

सभामुख रामचन्द्र मण्डलको पहलमा भएको सर्वदलीय बैठकमा मंगलबारदेखि प्रदेशसभाको बैठक लगातार चलाउने सहमति भएको छ ।

जेन-जी आन्दोलनमा भएको दमनपछि भदौ २४ गते जनकपुरमा भएको प्रदर्शनमा मधेश प्रदेशसभा सचिवालयमा पनि आगजनी गरिएको थियो । आगजनी गरिएको प्रदेशसभाको बैठककक्षलाई मर्मतसम्भार गरेर त्यहीँ बैठक चलाउने तयारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully