ध्यानाकर्षणपत्रमा जेनजी आन्दोलनकारीलाई झुठा मुद्दामा फसाउने काम रोकिनु पर्ने माग गरिएको छ ।
पर्सा — पर्साका जेनजी युवाहरूले गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याललाई शनिबार ध्यानाकर्षणपत्र बुझाएका छन् ।
ध्यानाकर्षणपत्रमा जेनजी आन्दोलनकारीलाई झुठा मुद्दामा फसाउने काम रोकिनु पर्ने माग गरिएको छ । साथै प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुखको व्यवस्था, राजनीतिक नियुक्ति खारेज गरी योग्य तथा विज्ञलाई जिम्मेवारी दिनु पर्ने, दलीय पेसागत संगठन खारेज हुनु पर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग खारेज गरी नागरिक आयोग गठन गरिनु पर्ने, निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनु पर्ने माग पनि उनीहरुले राखेका छन् ।
सुधीर पटेल, वीरेन्द्र कन्ठ, महादेव कुर्मी, वासिम शेख, सन्जय श्रेष्ठ, शेख जमसेद, सागर यादव, मुकेश यादवसहितका युवाहरुले मन्त्री अर्याललाई गृह मन्त्रालयमै भेटेर ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
