साढे २ महिनायता उक्त बाघको आक्रमणबाट ४ जना मानिसको मृत्यु भएको थियो भनेर १ जनालाई घाइते बनाएको थियो ।
बारा — बाराको चारकोशे जंगलबाट शुक्रबार पाटे बाघ नियन्त्रणमा लिइएको छ । जितपुरसमरा उपमहानगरपालिका-२१ अमलेखगन्जको चुरियामाई सामुदायिक वनबाट एक पाको बाघ नियन्त्रणमा लिइएको वडाध्यक्ष सुभाष श्रेष्ठले बताए ।
उनका अनुसार साढे २ महिनायता उक्त बाघको आक्रमणबाट ४ जना मानिसको मृत्यु भएको थियो भनेर १ जनालाई घाइते बनाएको थियो । उक्त बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा राखिएको छ । राष्ट्रिय प्रकृति संरक्षण, पर्सा निकुञ्ज, प्रहरी र स्थानीयको सहयोगमा बाघ नियन्त्रणमा लिइएको हो ।
