रौतहटको राजदेवीमा पुरुषको शव फेला

बागमती नदी किनारमा करिब ४० वर्षीय पुरुषको शव फेला हो । शवको अहिलेसम्म पहिचान भएको छैन ।

आश्विन ३, २०८२

शिव पुरी

A dead body of a man was found at Rajdevi in ​​Rautahat

रौतहट — रौतहटको राजदेवी नगरपालिका-४ मा शुक्रबार एक पुरुषको शव फेला परेको छ ।

राजदेवीको गडहिया घाटस्थित बागमती नदीको किनारमा करिब ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी गौरका डीएसपी राजु कार्कीले जानकारी दिए । 'शवको अहिलेसम्म पहिचान भएको छैन,' उनले भने, 'घटनाबारे अनुसन्धान हुँदै छ ।'

घटनास्थल पुगेका प्रहरी निरीक्षक रुद्र कँडेलले शवको मुचुल्का गरी घटनाबारे स्थानीयसँग सोधपुछ भइरहेको जानकारी दिए ।

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully