गोप्य सूचनाको आधारमा सर्लाही प्रहरीले उनलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा सोमबार साँझ नियन्त्रणमा लिएको हो ।
सर्लाही — नख्खु कारागार, काठमाडौंबाट फरार भएका एक कैदीलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।
कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा सजाय भोगिरहेका सर्लाहीको मलंगवा नगरपालिका–७ का करिब ३० वर्षीय फिरोज मन्सुरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भदौ २५ गते जेन-जी समूहको आन्दोलनका क्रममा उनी कारागारबाट भागेर फरार भएका थिए ।
गोप्य सूचनाको आधारमा सर्लाही प्रहरीले उनलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा सोमबार साँझ नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका मन्सुरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र आवश्यक प्रक्रिया पूरा गरी मलंगवा कारागार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।