गुलरियामा आगजनी र लुटपाट गर्ने चार जना पक्राउ

भाद्र २९, २०८२

कमल पन्थी

बर्दिया — जेन–जीको आन्दोलनका नाममा गुलरिया नगरपालिकाको कार्यालय र सांसद सञ्जयकुमार गौतमको घर आगजनी र लुटपाट गर्ने शंकास्पद चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामाजिक सञ्जालमा लुटपाट र आगजनीका तस्बिर भाइरल भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको स्रोतले बतायो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पक्राउ परेकालाई अनुसन्धान भइरहेकोले नाम सार्वजनिक गर्न नमिल्ने जनाए । आगजनी र तोडफोडमा संलग्नको खोजी तीव्र भई रहेको प्रजिअ पौडेलले बताए । गुलरिया नपाको कार्यालय,सांसद गौतमको घर र एमाले र कांग्रेस पार्टी आगजनी गर्नेको खोजी गरिरहेको प्रहरीले जनाएको छ । शनिवार बारबर्दिया नपा–२ को वडा कार्यालय तोडफोड गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी उपरीक्षक सरोज पौडेलले पक्राउ पर्नेमा सोही ठाउँका टोप बहादुर सिजाली,शंकर थारु र सञ्जीव चौधरी रहेको बताए ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully