वीरगन्जको विशेष क्षेत्र दंगाग्रस्त क्षेत्र घोषणा

भाद्र २९, २०८२

शंकर आचार्य

पर्सा — जिल्ला सुरक्षा समितिले वीरगन्जको विशेष क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा आइतबार सम्पन्न समितिको बैठकले शान्ति सुव्यवस्था कायम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ख) बमोजिम उक्त निर्णय गरेको हो ।

अर्को आदेश नभएसम्मका लागि घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र र कारागार कार्यालय पर्सा र सोको कम्पाउन्ड क्षेत्रभित्रको क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको हो । 

यसअघि वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा दैनिक बिहान ११ देखि साँझ ९ बजेसम्म निषेधाज्ञा र साँझ ९ देखि बिहान ५ सम्म लगाइएको कर्फ्यु आदेश जारी नै रहेको छ । 

शंकर

Link copied successfully