सप्तरीमा राष्ट्रिय परिचयपत्रको काम मंगलबारदेखि

भाद्र २९, २०८२

विद्यानन्द राम

राजविराज — तोडफोड र आगजनीले सर्भर क्षतिग्रस्त हुँदा सप्तरीमा मंगलबारबाट मात्रै राष्ट्रिय परिचयपत्र सम्बन्धी कार्य सुरु हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान सूचना जारी गर्दै गत सोमबार र मंगलबारको प्रदर्शनपछि भएको तोडफोड र आगजनीले मन्त्रालय र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको सर्भरमा समस्या देखिएको जनाएको छ । 

सर्भर मर्मत कार्य भइरहेकाले आइतबार र सोमबार राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा स्थगित रहनेछ । ‘सर्भर अत्यन्तै स्लो भएर काम गर्ने अवस्था छैन,’ प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले भने, ‘मर्मत कार्य भइरहेकाले मंगलबारबाट मात्रै राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सञ्चालन गर्न सकिन्छ ।’ अन्य सेवा भने प्रवाह भइरहेको प्रअजि पोखरेलले बताए ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully