आन्दोलनका क्रममा लुटपाट गरिएका सामान फिर्ता नभए कारबाही गर्छौं : सिरहा प्रशासन

भाद्र २७, २०८२

विनय आजाद

सिरहा । जेनजी आन्दोलनका क्रममा लुटपाट तथा चोरी गरी लगिएका सामान फिर्ता गर्न सिरहाले प्रशासनले अनुरोध गरेको छ । आन्दोलनका क्रममा सरकारी कार्यालय तथा प्रतिष्ठानहरूमा तोडफोड र आगजनी गर्दै खाद्यान्न, जिन्सी सामान, नगद रकमलगायतका सार्वजनिक सम्पत्ति लुटपाट तथा चोरी गरी घरसम्म लगेको भन्ने प्रमाण सामाजिक सञ्जालमा स्पष्ट रहेको शुक्रबार जारी सूचनामा उल्लेख छ ।

आजको मितिदेखि सात दिनभित्र उक्त सरसामान फिर्ता गर्न आग्रह गर्दै प्रशासनले यसको अवज्ञा भए संलग्न व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ ।


विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully