महोत्तरी । जलेश्वरस्थित कारागार कार्यालय महोत्तरीबाट फरार भएको कैद बन्दीमध्ये ७७ जना फर्किएका छन् । जेनजीको आन्दोलनको क्रममा कारागारबाट भागेका ५ सय ७५ जनामध्ये सुरक्षा निकायले पक्राउ गरी १३ जना र स्वेच्छाले ६३ जना कारागारमा फर्किएर आएको हो । कारागारबाट १ जना कैदी भाग्न मानेका थिएन ।

प्रहरीले पक्राउ गरेको र स्वेच्छा गरी ७६ जना भागेका कैदीहरु फर्किएको कारागार कार्यालय महोत्तरी जलेश्वरका निमित्त प्रमुख रबिन्दचन्द्र ठाकुरले बताए ।
भारतीय प्रहरीले पक्राउ गरेका फरार १२ जना कैदीबन्दीहरुलाई नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो । दुवै देशको प्रहरीबीच समन्वयपश्चात् महोत्तरीको भिठ्ठामोड सीमामा ९ जिम्मा लगाए भने ३ जनालाई मनराशिसवा-१० स्थित बथनाहा चौकीमा कारागारबाट फरार कैदीलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाली प्रहरीलाई जिम्मा लगाएका थिए ।